डोटी, ८ असार । डोटीमा धारामा छोडिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको नुहाउन जादा करेण्ट लागेर मृत्यु भएको हो ।
क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान आएको भन्दै स्थानीय १९ बर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार जोडेका रहेछन् । त्यही करेन्ट लागेर तुलसीको मृत्यु भएको हो ।
भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुनसक्ने र उनीहरु धारामा आए आफूहरुलाई पनि कोरोना सर्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन् । किमाडीलाई ईलाका प्रहरी कार्यालय, आदर्शले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्