समाचार

क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



कैलाली, ७ असार । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जानकी गाउँपालिकामा रहेको पथरीया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।

उनका अनुसार लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । उनको जेठको ३० गते स्वाब संकलन गरिएको र शनिबार पोजेटिभ रिर्पार्ट आएको हो ।

उनलाई अहिले पथरीया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड राखिएको छ ।