काठमाडौ,७ असार । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय योग अभ्यासक्र’ पुस्तकको विमोचन गर्दै घरयासी खानामा प्रयोग हुने नेपाली अदुवा, वेसारलगायतका कुराहरुको प्रयोगले मानिसमा कति फाइदा हुन्छ भन्ने वास्तविकता बुझेर मात्र आलोचना गर्न आग्रह गर्दै मजाक उडाउन ध्यान दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारस्थित एक्सन रूमबाट बिहान उक्त पुस्तकको विमोचन गर्नुभएको छ । विमोचनाका क्रममा प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताउनुभयो ।
रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको उहाँले संबोधनका क्रममा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको उल्लेख गर्नुभयो ।
उहाँले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औयधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिनुभयो९ आफ्नो भान्छामा केके चिज प्रयोग हुन् रु ती किन प्रयोग गरिन्छ रु वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उहँले औल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्