समाचार

आजको राशिफल



आज २०७७ साल असार ८ गते सोमबार, आषाढ शुक्ल पक्ष प्रतिपदा

मेष (चुचेचोलालिलुलेलोअ)

रोकिएका अधुरा कामहरू पुरा पुन: सुरू हुन सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा अतिथिको आगमन हुनसक्छ ।

वृष (इवाविवुवेवो)

गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । स्वादिष्ट खानापिन मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)

धार्मिक, सामाजिक क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कृषि कार्य अघी बढ्नेछ ।

कन्या (टोपापिपुपेपो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट र शुभकार्यका काम अघि बढ्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदापनि हुने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मीन (दिदुदेदोचाचि)

आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।

साभारः हाम्रो पात्रोबाट