विश्व

पाकिस्तानमा बम बिस्फोट, दुई सैनिक सहित ४ जनाको मृत्यु



एजेन्सी, ८ असार । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ ।

स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ । एउटा विस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो। उक्त आक्रमणमा एक सर्वसाधारण र अर्धसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए ।

अर्को विस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो। तेस्रो विस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति भएको छैन ।