विश्व

भारतमा कोरोनाबाट एकै दिन ४२६ को मृत्यु



एजेन्सी, ८ असार ।  भारतमा पछिल्लो २४ घण्टाको अवधिमा (आइतबार) मात्र हालसम्मकै बढी ४२६ जनाकाे मृत्यु भएकाे छ ।

वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १३ हजार ७०३ पुगेकाे छ । अहिले भारतमा कुल सङ्क्रमित संख्या ४ लाख २६ हजार ९१० पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । आइतबार मात्र एकै दिन त्यहाँ १५ हजार १८३ नयाँ संक्रमित फेला परेका छन् ।

अहिले भारतमा १ लाख ७५ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी २ लाख ३७ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । आइतबार मात्र त्यहाँ ९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे जनाइएकाे छ ।