राजनीति

विकासका अवरोधलाई पन्छाएर अगाडि बढ्नु पर्छ : सांसद बस्नेत



भक्तपुर, ८ असार । रमेश गिरी । पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले हनुमन्ते करिडोर लगायत भक्तपुरका ठूला आयोजना रोक्न केही तत्व लागेकाले त्यस्ता अबरोधलाई पन्छाएर अगाडि बढ्नु पर्ने समय आएको बताउनु भएको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकको योयो बैंक्योटमा आयोजना गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानको विदाई कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । भक्तपुरको प्रहरी, नेपाली सेना बीरदल गण र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले भक्तपुरमा आइपरेका जस्तोसुकै समस्या पनि हल गर्दै आएको स्मरण गर्दै सांसद बस्नेतले भक्तपुरमा आएका विकासको अबरोध गर्ने तत्वलाई पन्छाउन सुरक्षा टोलीको सधै सकारात्मक साथ र सहयोग रहने अपेक्षा रहेको बताउनुभयो ।

नयाँ आउने प्रहरी प्रमुखलाई पनि जिल्लाको समग्र अबस्थाबारे यथार्थ जानकारी गराउनु पर्ने बताउदै उहाँले बाढी पहिरोदेखि कोरोनासम्म आइपुग्दा जिल्लाका तीन सुरक्षा निकायको साथ र संयुक्त मिहेनत प्रशंसा योग्य रहेको भनाइ राख्नुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेतले भक्तपुरमा हनुमन्ते करिडोर, मनोहरा करिडोर अहिले रोकिएको बताउदै बिभिन्न व्यक्तिको निहित स्वार्थका कारण ठूला आयोजनाको निर्माण कार्य कुनै पनि बाहनामा रोकिन नहुने चर्चा गर्नुभयो ।

रु. ४० करोडको लागतमा निर्माण हुन लागेको ललितपुरको बालकुमारीदेखि भक्तपुरका बालकोट, चित्रपुर दधिकोटहुदै काभ्रे जाने सडक, निर्माण सुरु हुन लागेको दुईवटा स्मार्ट सिटी, अन्तर्राष्ट्रिय सभाहल जस्ता योजनाहरु निर्माणमा आइपर्ने समस्या हल गर्न सबै लाग्नुपर्ने सांसद बस्नेतले बताउनुभयो ।

कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुरले होनाहार युवा नेतृत्व र विकासका नेतृत्वकर्ता नेता महेश बस्नेत पाएकाले भक्तपुरमा रहेर काम गर्न सुरक्षा निकायलाई कुनै असहज नभएको बताउनुभयो । उहाँले नेता बस्नेतले हरेक क्षणमा सहयोग गरेको, सुरक्षाकर्मीको काममा कहिल्य अबरोध नगरेको बताउदै १४ महिना भक्तपुर बसाईको अबधीमा सासद बस्नेतले पक्राउ परेका कोही पनि व्यक्तिलाई छाडिदिनु पर्यो भनेर नभनेको बताउनुभयो ।

भक्तपुरमा रहेर काम गर्दा सिडिओको नेतृत्वमा तीनवटै सुरक्षा निकायको टिम उदाहरणीय रुपमा काम गर्नसफल भएको भन्दै उहाँले भक्तपुरमा रहदाँ सबै निकायले आफूलाई सघाएको बताउनुभयो । विदाई भएर जादा मन दुखेको बताउदै भक्तपुरसंग अटुट सम्बन्ध रहिरहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले सांसद महेश बस्नेतको नेतृत्वमा विकासका कामलाई अगाडि बढाउन पाएको बताउदै भक्तपुरमा रंगशाला निर्माणसंगै खेलकुदको विकासमा अहोरात्र खटिने बताउनुभयो । उहाँले भक्तपुरका सुरक्षा निकायसंग अबिस्मरणीय सम्बन्ध कायम रहेको चर्चा गर्दै सिमिति समयका लागि नेतृत्व लिएर आउने सुरक्षाकर्मीले भक्तपुरको मन जितेर जाने भएकाले कार्यकालको विदाई गरिएपछि उहाँसंगको सम्बन्ध भने सधै रहिरहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष श्रीभक्त कासिछ्वा, होटल व्यवसायी कृष्णप्रसाद ताम्राकार, योयो युनिटीका रोमन शिलाकार, हिमाल वचतका अध्यक्ष एवं ग्राण्ड गुण्डुका संचालक बिज्ञान राई लगायत बिभिन्न व्यक्तिले प्रहरी उपरीक्षक प्रधानलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।