काठमाडौँ, ९ असार । उपप्रधान, रक्षामन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक इश्वर पोखरेलले असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी बताउनुभएको छ ।
अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको मन्त्री पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ । लकडाउनका नियम सबैले पालना गरौं ।’
दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिने उल्लेख गर्दै उहाँले अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने बताउनुभयो । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उल्लेख गर्दै उपप्रधानमत्री पोखरेलले सार्वजिनक सभा समारोह पनि गर्न नपाउने स्पष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्