समाचार

आजको राशिफल



आज २०७७ साल असार ९ गते मंगलबार, आषाढ शुक्ल पक्ष द्वितीया

मेष (चुचेचोलालिलुलेलोअ)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृष (इवाविवुवेवो)

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । शिक्षामा उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

मिथुन (काकिकुकेकोहा)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टोपापिपुपेपो)

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

तुला (रारिरुरेरोतातितुते)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतिष्ठा कमाउने वेला छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज नयाँ कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यस्ततापनि बढ्नेछ, तर साँझमा शुभ समाचार सुनना पाईएला ।

मीन (दिदुदेदोचाचि)

दाम र इनाम कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ला । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रोबाट