समाचार

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण



काठमाडौँ, ९ असार । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने  एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।