Banner News

थप ५३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार नाग्यो



काठमाडौँ, ९ असार । थप ५३८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । जसमध्ये ९० महिला र ४४८ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज ७६ जाना डिसचार्ज भएसगै नेपालमा २२ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् । आज रेड जाेनमा काठमाडौँ र ललितपुरका एक एकजना थपेसँगै सङ्ख्या ५०८ पुगेकाे छ ।

त्यस्तै दैलेखमा एक पुरूष काेराेनाका कारणले मृत्यु भएसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ । बागमती प्रदेशको रसुवा जिल्ला बाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।