राजनीति

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौँ, १० असार । अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकाले ती सामाग्री कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७०’ सफल बनाउन उपलव्ध गराएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ ।