एजेन्सी, ११ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’ अहिलसम्म संसारभरी ९३ लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र ४.८० लाखको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसैकारण प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’
संक्रमितको संख्यामा अचानक भइरहेको वृद्धिका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको छ जुन कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि आवश्यक हुन्छ ।
टेड्रोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको छ र ती केहि हप्ताभित्र १२० देशमा पठाउने योजना छ । यसका साथै अबको ६ महिनामा १० करोड डलर मूल्य पर्ने १.७० कन्स्ट्रेटर पाइने सम्भावना रहेको छ ।’










प्रतिक्रिया दिनुहोस्