काठमाडौँ, १२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको समेत संभावना रहेको छ ।
त्यस्तै आज दिउँसो देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) संभावना रहेको महाशाखाले जनाएको छ ।
आज राती पनि देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्