काठमाडौँ, १२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने बताउनुभएको छ ।
विश्व बैङ्कले आयोजना गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत निर्माणाधीन केही आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम भने नरोकिएको र आगामी वर्ष ती आयोजना बनिसक्ने बताउनुभयो ।
आगामी सन् २०२८ सम्ममा नेपालको कुल विद्युत् जडित क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य निर्धारण गरिएको जानकारी गराउँदै मन्त्री पुनले नेपालले ‘रन अफ द रिभर’, जलाशय युक्त आयोजना तथा सौर्य ऊर्जा प्रवद्र्धनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको धारणा राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्