एजेन्सी, १२ असार । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २५ लाख ४ हजार ५८८ पुगेकाे छ ।
वर्ल्डो मिटर्सका अनुसार बिहीबार एकै दिन मात्र त्यहाँ ४० हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएकाे छ । अहिलेसम्म अमेरिकामा १० लाख ५२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ ११ हजार मानिस निकाे भएका छन् । यद्यपि अझै १२ लाख २५ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे हालसम्म १ लाख २३ हजार ७८० जना पुगेको छ । बिहीबार त्यहाँ काेराेनाबाट ६४९ जनाकाे मृत्यु भएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लाे दिन त्यहाँ ८१२ काे मृत्यु भएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्