Banner News

थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार नाग्यो



काठमाडौँ, १३ असार । थप ५५४  जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका  अनुसार  आज  १ सय ३६ जाना डिस्चार्ज भएसगै कुल डिस्चार्ज हुनेको संख्या २८ सय ३४ पुगेको छ  । त्यस्तै मृतक संख्या २८ जना रहेको छ भने सबै ६६ वटै जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।