काठमाडौँ, १४ असार । हाल देशभर मनसुनी दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ । आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बहना प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्