समाचार

पहिरोले घर पुरिंदा एक जनाको मृत्यु



स्याङ्जा, १४ असार । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको मृत्यु भएको छ ।

वडाध्यक्ष हरी खनालका अनुसार पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उनकी श्रीमती घाइते भएको र उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।  ३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।