समाचार

१० जुवाडे पक्राउ



दाङ, २३ असार । तुलसीपुर उपमहानगरपालिका–७ नयाँबस्तीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई आइतबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई २ लाख २५ हजार रुपैयाँ नगद र ४ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।