समाचार

आजको मौसम



काठमाडौँ, २४ असार । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

महासाखाका अनुसार मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा  लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने छ ।

त्यस्तै आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज दिउँसो प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशमा मेग गर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

अहिले मेघगर्जनसहित पानी परिरहेको धनुषा, सिरहा, सप्तरी, मोरङ लगायतका ठाउँमा दिउँसो पानी पर्न रोकिने र राती फेरि पानी पर्ने सम्भावना छ ।