एजेन्सी, २५ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्रियाकलापहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयदेखि नै असन्तुष्ट थिए ।
डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको ट्रम्पको आरोप थियो। एजेन्सीका समाचारमा अमेरिकाले हिजो डब्ल्यूएचओबाट अलग हुने फैसला गरेको उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै डब्ल्यूएचओलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएका थिए। डब्ल्यूएचओले भने राष्ट्रपति ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ। चीनले डब्ल्यूएचओलाई वार्षिक ४० मिलियन डलर दिँदै आएको छ भने अमेरिकाले ४५० मिलियन डलर दिँदै आएको छ ।
डब्लुएचओलाई दिदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् । (एजेन्सी)










प्रतिक्रिया दिनुहोस्