काठमाडौँ, २५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको छ ।
बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढीका कारण डेढ दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने २ जनाको ज्यान गएको छ ।
उक्त स्थानमा केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको र घाइतेहरुको उद्धार गर्न सुरु गरेको बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्