कैलाली, २६ असार । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् ।
बुधबार राति हजुरआमाको हत्याको आरोपमा पक्राउ परेका चुरे गाउँपालिका-६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले चुरे गाउँपालिका-६ सिराडीको ग्वासी मावि विद्यालय नजिकबाट शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो ।
७५ बर्षकी हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका उनी बेलुका भागेका थिए । उनले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्