राजनीति

सप्तकोशीमा पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो



काठमाडौँ, २६ असार । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।