Banner News

प्रम ओलीको आपत्तिजनक रिपोर्ट: गल्ती स्वीकार गर्दै ‘जी न्यूज’ले नेपालसँग माग्यो माफी



काठमाडौँ, २७ असार । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले क्षमायाचना गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय न्यूज च्यानल ‘जी न्यूज’को क्षमायाचना गरेको हो । ‘ओलीका इश्किया’ शीर्षकमा प्रसारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा दुख व्यक्त गर्न चाहन्छौं’ जीन्यूज झारखण्डले भनेको छ, ‘एक जिम्मेदार च्यानल भएको नाताले हामी आफ्नो कन्टेन्टलाई लिएर सँधै सजग रहन्छौं । तर, भुलबस कुनै यस्तो प्रसारण हुन्छ, जसले सकैको भावनामा ठेस पुगेमा हामीले गल्तीलाई स्वीकार पनि गर्छौं ।’

हाम्रो च्यानलबाट प्रसारित त्रुटिपूर्ण कार्यक्रम ‘ओलीका इश्किया’ले नेपालको जनताको भावनामा ठेस पुगेकोप्रति दुख व्यक्त गर्दछौं । साथै हामीले आशा गर्छौं कि दुवै देशको सम्बन्ध सँधै मजबुद रहिरहनेछ । साथै, हामीलाई नेपाली दर्शकहरुको माया पनि प्राप्त भइरहने विश्वास छ ।’