एजेन्सी, २७ असार । दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वोन सुनले आ’त्महत्या गरेको प्रमाण खुलेको छ ।
आफ्नै पूर्व महिला सचिवले यौ’न दु’र्व्यवहार गरेको आरोप लगाएपछि उनले आत्महत्या गरेका हुन् । बिहीबारदेखि बेपत्ता भएका उनी प्रहरीले खोज्ने क्रममा सोलको उत्तरी जंगलमा उनको शव भेटेको थियो । शव भेटिएपछि अनुशन्धान गर्दै जाँदा उनको कार्यालयमा सुसाइट नोट भेटिएको प्रहरीले जनाएको छ ।
अधिवक्ता समेत रहेका पार्क वोन सुन सोलमा १० वर्षदेखि मेयर थिए । उनले लेखेको नोटमा- ‘म सबैसँग माफी माग्छु र ती सबैलाई धन्यवाद् दिन्छु, जो मेरो जीवनमा मेरो साथमा थिए । म मेरो परिवारसँग माफी माग्छु, जसलाई मैले दुःखमात्रै दिए । मलाई जलाउनुस् र मेरो खरानी मेरा बाबु आमाको चिहानमा फैलाउनुस्, सबैलाई अलविदा’ -भनिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्