एजेन्सी, २७ असार । विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ
त्यस्तै एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।आज सम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
यस्तै १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।










प्रतिक्रिया दिनुहोस्