राजनीति

प्रम ओलीद्वारा बाढी पहिरो समस्याबारे पूर्व तयारी गर्ने निर्देशन



काठमाडौँ, २८ असार । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

विपत व्यवस्थापन परिषद्को बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् ।

‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पारिरहन्छ । यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पुर्‍याउन निर्देशन दिनुभएको छ’ राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।