काठमाडौँ, २८ असार । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपैयाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।
सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाइपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पु¥याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उहाँको दाबी छ ।
आयोजनाको सुरु वर्षमा २०६१-६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१-७२ मा आयोजना सम्पन्न गर्नुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुई करोड रुपैयाँ खर्च भए पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्