समाचार

आजको राशिफल



आज २०७७ साल असार २८ गते आइतबार, श्रावण कृष्ण पक्ष सप्तमी

मेष (चुचेचोलालिलुलेलोअ)

आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अत: बढी सचेत रहनुहोला ।

वृष (इवाविवुवेवो)

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

मिथुन (काकिकुकेकोहा)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

कन्या (टोपापिपुपेपो)

आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपार्इंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

तुला (रारिरुरेरोतातितुते)

मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज मानो वांछित खनेकुरा पाईनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । अध्यात्मको भावना जाग्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवार संग समय बित्ने, मायाँ बढ्नेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको सङ्गतले फाइदा हुनेछ ।

मीन (दिदुदेदोचाचि)

आज लाभदायक योजना बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

साभारः हाम्रो पात्रोबाट