तनहुँ, २९ असार । तनहुँका दुई ठाँउमा पहिराे जाँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाँउपालिका- ७ मा पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको उपचारको क्रममा मुत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर भत्कँदा उनकाे मुत्यु भएको हो ।
त्यस्तै ऋषिङ गाँउपालिका- ८ भैसिकिलिमा गएराति आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । गएरातिदेखि परेको वर्षाले अनबहादुर थापाको घरमा आएको पहिरोमा थापाका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्