विश्व

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड साढे २५ लाख नाग्यो



एजेन्सी, २९ असार । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड साढे २५ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २५ लाख ५२ हजार ७६५ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ६१ हजार ६१७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ भने अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।