काठमाडौँ, २९ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । अहिलेसम्म त्यहाँ संक्रमितको ८ लाख ७९ हजार ४६६ पुगेकाे छ । वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार आइतबार मात्र भारतमा २९ हजार १ सय ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ हजार १८७ पुगेकाे छ । आइतबार मात्रै ५ सय जनाकाे मृत्यु भएकाे छ । गत शनिबार भारतमा एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च संख्या पुष्टि भएकाे थियाे । शनबार त्यहाँ ६ सय १० जनाकाे मृत्यु भएकाे थियाे ।
अहिले भातरमा ३ लाख १ हजा ८५० जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ५ लाख ५४ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्