Banner News

थप १४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ९ सय नाग्यो



काठमाडौँ, २९ असार । थप  १४४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १४४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ९२  डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १० हजार २  सय ९४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।