Banner News

विधि, प्रक्रियाबाट अध्यक्ष र प्रम बनेको व्यक्तिले राजीनामा दिँदैन : मन्त्री पोखरेल



काठमाडौँ, २९ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विधि र प्रक्रियाबाट आएको प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिने बताउदै उनले भने, ‘ओलीज्यूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु हुँदैन ।’

मन्त्री पोखरेलले ओलीले राजीनामा दिँदा देश र पार्टीको हित नगर्ने बताउदै लहडका भरमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु उचित नभएको बताए ।

उनले भने,  ‘कुनैपनि चिज लहरमा हुँदैन, ‘ओलीज्यू विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री भएको मान्छे हो ।’ ‘निर्वाचित हो । यो प्रक्रिया भुलेर हट भनेर देश र पार्टीको हित गर्दैन ।’ सबै दललाई एकताबद्ध गरेर ओलीज्यूले नै नेपालको नयाँ नक्सा जारी गर्नुभएको छ । यस्तो अवस्थामा पार्टीभित्रैबाट राजीनामा माग्नु उचित होइन ।’