काठमाडौँ, ३० असार । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच आज बालुवाटारमा भएको छलफल सकिएको छ ।
स्रोतका अनुसार दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भए पनि ठोस निश्कर्ष निस्किएको छैन । भोलि फेरि छलफल गर्ने कुरा रहेको छ ।
पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएपछि स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् भने प्रचण्ड र माधव नेपाल समूहका नेताहरु प्रधानमन्त्रीले एउटा पद छाड्नुपर्ने अडानमा छन् ।










प्रतिक्रिया दिनुहोस्