काठमाडौँ, ३० असार । थप ११६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ११६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १० हजार ३ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्