काठमाडौँ, ३ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ४१ लाख ७६ हजार ३४५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ९८ हजार ४५० जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ८४ लाख ४१ हजार ४९३ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३७ लाख ६६ हजार ६०७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ अहिलेसम्म ब्राजिलमा २० लाख ४८ हजार ६९७ जना, भारतमा १० लाख ४० हजार ४५७ जना, रसियामा ७ लाख ५९ हजार २०३ जना र पेरुमा ३ लाख ४५ हजार ५३७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ५ सय ३४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।
कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४१ हजार ९७७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७७ हजार ९३२ जना, बेलायतमा ४५ हजार १३३ जना, मेक्सिकोमा ३७ हजार ५७४ जना र इटालीमा ३५ हजार २८ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १७ लाख ३३ हजार ८४७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना, भारतमा ६ लाख ५४ हजार ७८, रसियामा ५ लाख ३९ हजार ३७३ र चिलीमा २ लाख ९६ हजार ८१४ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्