विश्व

विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या ८६ लाख ६ हजार नाग्यो



एजेन्सी, ४ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ८६ लाख ६ हजार ६११ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४४ लाख १४ हजार ७४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ६ लाख ४ हजार १५० जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १७ लाख ७५ हजार २१९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना, भारतमा ६ लाख ७७ हजार ६३०, रसियामा ५ लाख ४६ हजार ८६३, र चिलीमा २ लाख ९९ हजार ४४९ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३८ लाख ३३ हजार १७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २० लाख ७५ हजार १२४ जना, भारतमा १० लाख ७७ हजार ८६४ जना, रसियामा ७ लाख ६५ हजार ४३७ जना र दक्षिण अफ्रिकामा ३ लाख ५० हजार ८७९ जनामा संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४२ हजार ८६९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७८ हजार ७३५ जना, बेलायतमा ४५ हजार २७३ जना, मेक्सिकोमा ३८ हजार ३१० जना र इटालीमा ३५ हजार ४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।