राजनीति

विप्लवका रोल्पा ईन्चार्ज पक्राउ



काठमाडौँ, ४ साउन  । विप्लव समूहका रोल्पा जिल्ला  इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन्।

सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार थापालाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।

थापा विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेको अनुसन्धानवाट खुलेको प्रहरीले बताएको छ ।