काठमाडौँ, ४ साउन । नेपालमा १ सय ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन् । तीमध्ये ८२ जना डिस्चार्ज भइसकेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बाग्लुङका १, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका दुईजना छन् ।
यस्तै जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४,अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ










प्रतिक्रिया दिनुहोस्