Banner News

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६ सय नाग्यो



काठमाडौँ, ४ साउन । थप १५६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।