समाचार

पहिरोमा पुरिएर एकैपरिवारका तीन जनाको मृत्यु



काठमाडौँ, ६ साउन । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको हो ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।