समाचार

सर्पले डस्दा एक महिलाको मृत्यु



कैलाली, ६ साउन । सर्पले डसेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको र उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उनको मृत्यु भएको हो । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।