भक्तपुर, ७ साउन । वर्षायाम सुरु भएसँगै भक्तपुरका धेरै ठाउँहरुमा बाढी पहिरोको समस्याले जनतालाई आक्रान्त बनाउँछ । जनताका दुःखका दिन सुरु हुन्छन् । वर्षाको जोखिमका कारण भौतिक तथा मानविय क्षतीको समेत अत्याधिक बढ्ने गर्दछ ।
वर्षायाम सुरुभएसँगै हनुमन्ते नदी आसपासका क्षेत्रहरु डुवान सुरु भइसकेको छ । जसले गर्दा नदी आसपासका जनतालाई सास्तीको दिन आएको छ । प्रत्येक वर्ष डुवान, वाढी पहिरोको समस्या झेलिरहेका भक्तपुरका जनताले हनुमन्ते नदीको कोरिडोर बनेसँगै केही मात्रामा भए पनि राहत हुने निश्चित छ । दुई अर्व बजेट विनियोजन भएता पनि केही स्वार्थी जनप्रतिनिधिका कारण उक्त कोरिडोर निर्माणले अपेक्षाकृत उपलब्धी हासिल गर्न सकेको छैन ।
जहाँ जनतालाई दुःख वा पिडा हुन्छ, त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत भने जनताको दुःख वा पिडाले दुखेको घाउमा मलम लगाउन अहोरात्र खटिरहनुभएको छ । भक्तपुरको विकास र समृद्धिको लाईफ चेन्जर तथा अरनीको राजमार्गमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने महत्वपूर्ण सडकको रुपमा हेरिएको हनुमन्ते नदीको कोरिडोर कुनै पनि हालतमा बनाएरै छाड्ने उद्घोषका सांसद बस्नेत अहोरात्र खटिरहनुभएको छ भने केही जनप्रतिनिधिहरु कोरिडोर निर्माणको कार्यलाई रोकी जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्न तल्लिन रहेका छन् ।
शासक नभई जनताको सेवक बन्ने उद्घोषका साथ जनताको विकास र समृद्धिको साथमा अघि बढ्नुभएका सांसद बस्नेतले जनताको दुःख सुखको सारथिको रुपमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । वर्षाका कारण समस्या पैदा भएका स्थान, सडक, डुवान, बाढी पहिरोका कारण समस्या उत्पन्न भएका ठाउँहरुमा सांसद बस्नेतले झरिको समयमा रातदिन जनताको सेवामा नै खटिनुभएको छ । वर्षाका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सांसद बस्नेतको नेतृत्वमा दुर्घटना हुनुपूर्व सर्तकता तथा त्यसबाट बच्ने उपायहरुको बारेमा स्थलगत अनुगमन तथा प्राविधिक कार्यहरुको समेत व्यवस्था गरिएको छ । सकेसम्म दुर्घटना हुनै नदिने र भइगएमा पनि ठूलो दुर्घटना हुन नदिने रणानीतिका साथ सांसद बस्नेतको नेतृत्वमा भक्तपुरका सम्पूर्ण प्रहरी प्रशासन, नेपाली सेना, उद्धार टोली, राहत तथा अन्य विभिन्न प्रकारका जोखिमलाई न्युनिकरण गर्न लागि परेका छन् ।
यसै क्रममा सांसद बस्नेतले आज सूर्यविनायक नगरपालिका वडा नं ५ काे गडेधारा र त्वयना टाेलमा घट्टे खाेलाकाे बाढी पसेर भएकाे क्षतिकाे झरीकाबीच नै अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा स्थानीयवासीको घर तथा वासस्थानमा भएको समस्यालाई तत्कालको लागि अस्थायी रुपमा समाधान गरी दिर्घकालिन समाधानको बाटोमा अघि बढ्ने जनाउँदै आजै प्रभावित स्थलहरुमा नगरपालिकाको प्राविधिक टोलीलाई खटाउनु नगरपालिकालाई उहाँले निर्देशन समेत दिनुभएको छ । जसबाट सम्भावित दुर्घटनालाई रोक्ने विश्वास जनताले लिएका छन् ।
उक्त स्थानमा वर्षाका कारण आएको बाढी वस्तीमा पसी समस्या उत्पन्न भएको छ । जसको लागि हाल नेपाली सेनाका कर्नेल सिवप्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले समस्या समाधान तथा व्यवस्थापनका कामहरु गरिरहेको छ । अनुगमनका क्रममा सांसद बस्नेतको साथमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, वडा अध्यक्ष उत्तम थापा तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्