समाचार

देवरको कुटपिटबाट भाउजुको मृत्यु



जनकपुरधाम, ७ साउन । महोत्तरीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार देवर ४९ वर्षीय शेखनारायण महतोले कुटपिट गर्दा  बर्दिबास नगरपालिका-१४ निवासी ५५ वर्षीया भाउजु लुखियादेवी महतोको मृत्यु भएको हो ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति घरायसी विवादका क्रममा देवरले भाउजुमाथि कुटपिट गरि घाइते बनाएको लुखियादेवीलाई शुभ स्वास्तिक अस्पताल बर्दिबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि धनुषा अस्पताल जनकपुरधाम लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने देवरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।