एजेन्सी, ७ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ९१ लाख ४ हजार ११७ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ५० लाख ८४ हजार ५५६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ६ लाख १८ हजार ४८२ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा १८ लाख ८५ हजार ६७० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १४ लाख ६५ हजार ९७० जना, भारतमा ७ लाख ५२ हजार ३९३, रसियामा ५ लाख ६२ हजार ३८४, र चिलीमा ३ लाख ६ हजार ८१६ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै अमेरिकामा संक्रमित हुनेको संख्या ४० लाख २८ हजार ५४७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २१ लाख ६६ हजार ५३२ जना, भारतमा ११ लाख ९४ हजार ८५ जना, रसियामा ७ लाख ८३ हजार ३२८ जना र दक्षिण अफ्रिकामा ३ लाख ८१ हजार ७९८ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४४ हजार ९५० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८१ हजार ५९७ जना, बेलायतमा ४५ हजार ४२२ जना, मेक्सिकोमा ३९ हजार ४८५ जना र इटालीमा ३५ हजार ७३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १२ हजार ४ सय ७७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्