समाचार

आज कहाँ कहाँ थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ७ साउन । थप १०० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २/२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज २०७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।