समाचार

आजको मौसम



काठमाडौँ, ९ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिममा केही पर र पूर्वमा नजिक रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने भएपनि पर्सिदेखि फेरि पानी पर्ने क्रम बढ्दै जाने संभावना रहेको छ

त्यस्तै आज देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र प्रदेश १, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति देशभरीकै मौसम सामान्य बदली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको र प्रदेश १, ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।